गैडाकोट नगरपालिका वडा नं. १६ को युनिक सेकेन्डरी इङ्गलिस स्कुलको आयोजनामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको रजत जयन्तिको अवसरमा आयोजित उक्त कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको छ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षता भएको कार्यक्रम गैंडाकोट नगरपालिका वडा नं. १६ का अध्यक्ष बिनोद मल्लको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको प्राविधिक सहयोगमा भएको थियो








