म्याग्देको राधा माविको वार्षिकोत्सव ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • ख-
  • ख+

तनहूँ । म्याग्दे गाउँपालिका वडा नं. २ जामुनेको राधा माध्यमिक विद्यालयको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी श्रीप्रसाद श्रेष्ठले अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्ने वताए । राधा माविले म्याग्दे गाँउपालिकाको शिक्षाको हकमा धेरै ठुलो योगदान गरेको हुदाँ अवको शिक्षा व्यवहारिक हुनुपर्ने वताए । सैदान्तिक शिक्षाले मात्र समाज रुपान्तरण नहुने हुदाँ अव प्राविधिक शिक्षा, अर्थात सिपमुलक शिक्षाले मात्र परिवर्तन सम्भव हुने वताए । सिपमुलक शिक्षाले कोही पनि वेरोजगार वन्नुपर्ने अवस्था नभएको हुदाँ अवको शिक्षा त्यही दिशातर्फ उन्मुख हुनुपर्ने वताए । सो अवसरमा प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शिक्षामा योगदान दिनका लागी पालिकाले नै विद्यालयलाई आवश्यक पर्ने बस खरिदका लागी ४० प्रतिशत अनुदान व्यवस्था गरिएको वताए । सवैको साथ र सहयोगले विद्यालयका लागी आवश्यकीय वस खरिद गर्न सकिने हुदाँ सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथी म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जीवनको मुख्य पाटो शिक्षा नै भएको वताए । शिक्षा विना समाज परिवर्तन हुन सक्दैन । अवको शिक्षा गुणस्तरीय शिक्षा र उपलव्धीमुलक हुनुपर्ने वताए । राधा मावि का विद्यार्थीले देश र समाजमा धेरै ठुलो योगदान गरेको छ । यसका लागी यहाँको शैक्षिक व्यक्तित्वहरुको धेरै ठुलो योगदान भएको छ, विद्यालयलाई यहाँसम्म ल्याउन भुमिका खेल्नेलाई धन्यवाद दिन चाहन्छु, उपाध्यक्ष घिमिरेले वताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गरेका थिए । म्याग्दे गाँउपालिकाका शिक्षा शाखाका प्रमुख वुद्धिसागर खनाल, म्याग्दे २ का वडाध्यक्ष शिव वहादुर रानाभाट, राजनैतिक दलका प्रतिनिधीहरु, समाजका अगुवा तथा वौद्धिक वर्ग, विद्यार्थीहरुले धारणा राखेका थिए ।
शिक्षक रामभक्त रानाभाटले संचालन गरेको सो कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद प्रर्दशन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्