इरान र अजरबैजानमा भूकम्पमा परी ५ जनाको मृत्यु ८०० जना भन्दा धेरै घाइते

  • ख-
  • ख+

शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् ।

इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ ।

भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्