राजीनामा दिएको ४८ घण्टा नपुग्दै रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

  • ख-
  • ख+

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनस्स्थापित भएका छन् ।

केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुनः चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । आज बिहान काठमाडौं प्रशासन पुगेर पुनस् नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए ।

कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनस्स्थापित गरेको छ ।

शुक्रबार अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?