
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।
२०७९ फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल सकिने छ । भण्डारीको कार्यकाल सकिन लागेको ४ दिनअघि राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।
उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ ।