आबुँखैरेनीमा बसको ठक्करबाट पैदल यात्री मिन बहादुरको मृत्यु

  • ख-
  • ख+

तनहूँ । बसको ठक्करबाट पैदल यात्री मिन बहादुर बि.क.को मृत्यु भएको छ । आबुँखैरेनी गाउँपालिका वडा नं. ३ गाउँपालिका चोकस्थित पृथ्वि राजमार्ग सडकखण्डमा डुम्रेबाट आबुखैरेनी तर्फ जादै गरेको ग १ ख ६३०७ नं. को बसले उक्त स्थानकै पैदल यात्री बर्ष ४० को मिन बहादुर बि.क.लाई ठक्कर दिदा बि.क. गम्भिर घाईते भएका थिए । गम्भिर घाईते बि. क.लाई उपचारको लागि चितवनस्थित सिएमसि अस्पताल लगिएकोमा १०ः ४५ बजेको समयमा घाईते बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभएको छ ।

बस र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पनि प्रहरी निरिक्षक शर्माको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?