टर्की कमसल भवन बर्नाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी

  • ख-
  • ख+

इस्तानाबुल । टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरूलाई पक्राउ पुर्जी जारी गरेको छ ।

जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तीमा २१ जनालाई हिरासतमा लिइसकेको छ ।

भूकम्प प्रतिरोध घर निर्माण नगरेको आरोपमा उनीहरूलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीन सय निर्माण कम्पनीका ठेकेदारहरू पक्राउ पर्ने देखिएको छ ।

निर्माण ठेकेदारहरू यति तीव्र गतिमा पक्राउ परिरहेका छन्, मानौँ टर्की सरकारले भूकम्पपीडितको उद्धार र राहतमा भन्दा पक्राउमा बढी ध्यान दिइरहेका छन् ।

गत सोमवार गएको ७‍८ रेक्टरको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २५ हजार भन्दामाथि पुगिसकेको छ, त्यसमाथि हिमपात र वर्षाको कारण उद्धार र राहतमा उद्धारकर्मीहरूलाई बाधा पुगिरहेको छ ।

यस अघि सरकारले भूकम्प प्रतिरोध घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरूले भूकम्प प्रतिरोधी घर नबनाउँदा र त्यसमा भ्रष्ट्राचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीले निष्कर्ष निकालेका छन् ।

ठेकदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरूले निष्कर्ष निकाले पछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरूलाई तीव्र गतिमा पक्राउ गर्न थालिएको हो ।

भूकम्पका क्रममा टर्कीका हजारौँ विशाल भवनहरू भत्किन पुगेका छन् । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्