हैरान्स् क्लबको आयोजनामा दमौलीमा बास्केटबल प्रतियोगिता शुरु

  • ख-
  • ख+

तनहूँ । हैरान्स् क्लबको आयोजनामा दमौलीमा अन्तर विद्यालय बास्केटबल प्रतियोगिता शुरु भएको छ। व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले यस प्रतियोगिताबाट उत्पादित खेलाडीले राष्ट्रिय खेल प्रतियोगितामा पनि सहभागिता हुने तर्फ पनि पाईला चाल्नुपर्ने बताउनुभएको थियो।

क्लबका अध्यक्ष उज्वल भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा व्यास २ का वडा सदस्य शुरेस वाग्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा क्लवका सचिव रविन पौडेलले बास्केटबल कोर्ट बनाउन सहयोग गर्ने संस्था तथा महानुभावहरुलाई धन्यबाद व्यक्त गर्नुभएको थियो।

२ दिनसम्म हुने कार्यक्रममा ७वटा छात्रका र ७ वटा छात्राका गरि १४ विद्यालयका टिमहरु सहभागी भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्