सत्यबती मा.वि. ले जित्यो हैरान्स् क्लबद्धरा आयोजित बास्केटवल प्रतियोगिताको उपाधी

  • ख-
  • ख+

तनहूँ । हैरान्स क्लव दमौलीले आयोजना गरेको अन्तर बिद्यालय रनिङ्ग शिल्ड बास्केटबल प्रतियोगितामा दमौलीको सत्यबती माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । बुधबार भएको छात्रतर्फ फाईनल प्रतियोगितामा सत्यबती माविले दमौलीकै बाराही माविलाई २० बिरुद्व २६ स्कोर प्राप्त गरी प्रथम हुन सफल भएको हो । शिल्डको लागि पहिलो बर्षको जीत हात पारेसंगै प्रतियोगितामा सत्यवती माविका छात्रछात्रा दुवै खेलमा प्रथम भएको छ ।
छात्रा तर्फको खेलमा पनि सत्यवति सत्यबती मा.वि.ले दमौलीकै पराशर कलेजलाई फाइनल खेलमा ० बिरुद्व ४ स्कोर प्राप्त गरी प्रथम भएको थियो ।

बिजयी टीमलाई व्यास नगरपालिका वडा नं. ३ का अध्यक्ष अनुप राना, हैरान्स क्लबका अध्यक्ष रबिन पौडेलले ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

दमौलीमा बास्केटवल खेलको आर्कषण भएपनि प्रतियोगिता गर्ने संस्कार नभएता पनि हैरान्स् क्लवले प्रथम पटक आयोजित अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्दा दर्शकहरुको राम्रो उपस्थितिले गर्दा आयोजक र खेलाडीहरु उत्साहित बनेको खेल संयोजक उज्जवल भट्टराईले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्