मेसी ‘फिफा वर्ष खेलाडी’

  • ख-
  • ख+

अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भुमिका खेलेका अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी २०२२ को फिफा ‘वेस्ट अवार्ड’ मा वर्ष खेलाडी घोषित भएका छन् ।

मेसी फ्रेन्च फरवार्ड करिम बेन्जेमा र किलियन एम्बाप्पेलाई पछि पार्दै वर्ष खेलाडी घोषित भएका हुन् । अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जित्दा मेसीले टिमको नेतृत्व गरेका थिए । ३५ वर्षीय उनले क्लब र आफ्नो देशका लागि २०२१–२०२२ मा ४९ खेल खेल्दै २७ गोल गरेका छन् ।

वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जितेका मेसीले भने,‘यो मेरा लागि एकदमै उत्कृष्ट वर्ष भएको छ । यहाँ सम्म आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा टिम मेटबिना म यो स्थानमा पक्कै हुन सक्दिन थिए ।,’

‘मैले वर्षै देखि देखेको सपना पुरा गरेको छु, जुन निकै कम मानिसले पुरा गर्न सक्छन् । म आफूलाई यो कुराको लागि निकै भाग्यशाली महसुस गर्छु,’ उनले थपे ।

पेरिसमा सम्पन्न समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाएका लियोनल स्कालोनी वर्ष प्रशिक्षक घोषित भए । स्कालोनीले म्यान्चेस्टर सिटीलाई छैटौँ पटक प्रिमियर लिग च्याम्पियन बनाएका प्रशिक्षक पेप ग्वार्डिओल र रियल मड्रिडका च्याम्पियन्स लिग विजेता कार्लो एन्सेलोट्टिलाई पछि पारे ।

इङल्यान्डकी प्रशिक्षक सरिना विगम्यान महिला तर्फको फिफा वर्ष प्रशिक्षक घोषित भइन् । उनको प्रशिक्षणमा इङल्यान्ड महिला फुटबल टिमले घरेलु मैदानमा महिला यूरो कप २०२२ को उपाधि जितेको थियो । जुन इङल्यान्डको महिला टिमले जितेको पहिलो मुख्य उपाधि थियो ।

यस्तै अर्जेन्टिना र एस्टोनभिल्लाका इमिलियानो मार्टिनेट को फिफा ‘वेस्ट अवार्ड’ मा उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

यस्तै, महिला तर्फ इङल्यान्डकी मारि इयर्प्स उत्कृष्ट गोलकिपर घोषित भइन् ।

पोल्यान्डको वार्टा पोजनका ‘एम्प्यिुटी’ फुटबलर मार्कीन ओलेक्सिले फिफा पुस्कस अवार्ड जिते । उनले वर्षको उत्कृष्ट गोलका लागि सो अवार्ड जितेका हुन् । उनले स्टल रिजेस्जोविरुद्ध वैशाखीको मद्दतमा उत्कृष्ट ओभरहेड भलीमा गोल गरेका थिए ।

फेयर प्ले अवार्ड लुका लोचोस्भलीले प्राप्त गरे । उनले खेलका दौरान विपक्षी मिडफिल्डर जर्ज टिगल मैदानमा ढलेपछि उनको ज्यान बचाउन जिब्रो समातेका थिए ।

फिफप्रो को पुरुष विश्व १ १ः

टिबाउट कोर्टुवा, असरर्फ हाकिमी , भिरगिल भान डाइक, जाओ कान्सेलो, केभिन डिबु्रयन, लुका मोड्रिक, केसिमिरो, लियोनल मेसी, एलिङ हालान्ड, करिम बेन्जेमा र किलियन एम्बाप्पे ।

विजेताहरूको पूर्ण सूची

उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी

उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपरः इमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपरः मेरी इयरप्स

उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी

उत्कृष्ट महिला प्रशिक्षकः सरिना विग्म्यान

सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्कीन र्ओलेक्सी

उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान

उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्