नक्कली लाइसेन्स बनाउने युवक पक्राउ

  • ख-
  • ख+

काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स नक्कली बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई पक्राउ गरेको हो ।

उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले दुईवटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?