घुससहित मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

  • ख-
  • ख+

वीरगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको रकमसहित महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण पक्राउ परेका हुन् ।

अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दहालले जानकारी दिए ।

फागुन १८ गते श्रीसुभाष भू–सेवा केन्द्र जलेश्वर महोत्तरीबाट उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?