चितवनको सौराहा घुम्न आएका काठमाण्डौका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु

  • ख-
  • ख+

चितवन । काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले दिएको जानकारी अनुसार सौराहाको होटल हर्मिटेजमा फागुन १९ गते थप ३ जना साथीसहित बडाल पनि आएरसँगै बसेका थिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा पुगेको अनुमान गरिएको छ ।

उनको आइतवार दिउँसो २:३० बजे शव फेला परेको हो । उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्