तनहूँको नाहालामा गाडी दुर्घटना ११ जना घाईते

  • ख-
  • ख+

तनहूँ । बन्दिपुर गाउँपालिका वडा नं. १ नाहाला स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अन्दाजी ३.१५ बजेको समयमा फोर्स गाडी दुर्घटना हुँदा ११ जना घाईते हुनुभएको छ । दमौली तर्फबाट डुम्रे तर्फ जादै गरेको बाग्मति प्रदेश ०६-००१ ज ००१७ नं. को फोर्स गाडी अचानक अनियन्त्रित भई सडकको बाँया साईडको भित्तामा ठक्कर खाई दुर्घटना हुँदा उक्त गाडी चालक नबिन राई समेत फोर्स गाडीमा सवार व्यक्तिहरु घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
उक्त दुर्घटनामा घाईतेहरुलाई डुम्रे र दमौली प्राथमिक उपचार पश्चात थप उपचारको लागी ७ जना यात्रुहरुलाई ट्रमा सेन्टर काठमाण्डौ र ४ जना यात्रुहरुलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको र सामान्य घाईते भएका चालक नियन्त्रणमा लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएका घाईतेहरुः
१. जिलला भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने बर्ष ५८ की धर्म देबी थापा ।
२. ऐ. ऐ. बस्ने बर्ष ३० की राम प्यारी कार्की बखुन्छे ।
३. ऐ. ऐ. बस्ने बर्ष ४५ की कल्याणी ढुङ्गाना ।
४. ऐ. ऐ. बस्ने बर्ष ४४ की सरीता थापा ।

ट्रमा सेन्टर काठमाण्डौ पठाईएका घाईतेहरु:
१ जिल्ला भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने बर्ष ४४ की गँगा ढुङगेल
२. ऐ. ऐ. बस्ने बर्ष ५० की रत्ना थापा ।
३. ऐ. ऐ. बस्ने गँगा बिष्ट ।
४. ऐ. ऐ. बस्ने बर्ष ४१ की चण्डिका श्रेष्ठ ।
५. ऐ. ऐ. बस्ने बर्ष ३३ की श्रीजना गुमान्जु ।
६. ऐ. ऐ. बस्ने बर्ष ४४ की ईन्दिरा निरौला ।
७. ऐ. ऐ. बस्ने बर्ष ३२ की शोभा थापा ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?