चोरीको मोटरसाइकल सहित चितवनका राजकुमार तनहूँमा पक्राउ

  • ख-
  • ख+

तनहूँ । चोरीको मोटरसाइकल सहित चितवन घर भएका राजकुमार थापा देबघाट गाउँपालिका वडा नं ५ बाट पक्राउ परेका छन् । फागुन २५ गते साँझ तनहूँको देबघाट गाउँपालिका वडा नं. ५ टाउनचोकका घनश्याम अधिकारीको घर अगाडी पार्किङ् गरी राखेको ना ४४ प २९७४ नं. को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो । मोटरसाईकल चोरी पश्चात घनश्याम अधिकारीले ईलाका प्रहरी कार्यालय देबघाट तनहूँमा मोटरर्साृकल खोजि गरि पाउँ भनि दिएको निबेदनको आधारमा मोटरसार्इकल खोजतलास गर्ने क्रममा फागुन २७ गते चितवन भरतपुर म.न.पा.वडा नं. १६ घर भएका बर्ष २७ को राजकुमार थापालाई देबघाट गाउँपालिका वडा नं. ५ बाट मोटरसाईकल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
निज थापालाई आज २८ आईतवार गते सम्मानित तनहूँ जिल्ला अदालतमा उपस्थित गराई दिन ७ (सात) को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको पनिजिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?