तनहूँमा लागू औषध सहित तिन जना पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँमा लागू औषध सहित तिन जना पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिप तनहूँबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना ५ ख १८२ नं. को बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला रुपन्देही सिद्धार्थ नगरपालिका वडा नं ६ पिपरैया बस्ने ४० बर्षिय महेश चमारले लिएको झोला भित्रबाट लागु औषध डाईजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध फेला परेको पक्राउ गरेको छ भने सोही बसमा सवार जिल्ला तनहूँ रिसिङ गाउँपालिका वडा नं. १ सपाङदी बस्ने २१ बर्षिय आकाश गाहा मगरको साथबाट लागु औषध डाईजेपाम १५ एम्पुल, फेनारागन १५ एम्पुल र नुर्फिन १५ एम्पपुल जम्मा ४५ थान लागु औषध फेला पारेको छ ।

निजहरुको साथबाट लागु औषधहरु बरामद गरी लागु औषध कारोबारमा संलग्न रहेका महेश चमार, आकाश गाहा मगर सहित जिल्ला तनहूँ देबघाट गाउँपालिका वडा नं.२ बैदी बस्ने २१ बर्षिय सुरज थापालाई पनि नियन्त्रणमा लिई आजै सम्मानित तनहूँ जिल्ला अदालत उपस्थित गराई दिन १०(दश) को म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?