काठमाण्डौ । व्यापक जनदवाव पछि रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट नेपाल सरकार पछि हटेको छ ।
केहि सयम अगाडि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।








