राष्ट्रिय लेखक संघ तनहूँद्धारा दमौलीमा लेखक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

  • ख-
  • ख+

तनहूँ । तनहूँमा प्रथम राष्ट्रिय लेखक दिवस तथा रचना वाचन कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ।
नेपाली लेखक संघका केन्द्रीय सदश्य गाैकुमारी न्याैपानेले लेखक,साहित्यकारहरुकाे कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नाे लेखनीलाई राष्ट्र , राष्ट्रियताकाे हितमा  र विकृति विसङ्गतीका विरुद्धमा लगाउनु पर्ने बताउनुभयो।
नेपाली लेखक संघका केन्द्रीय प्रतिनिधि वरिष्ट अधिवक्ता  कमलामाेहन वाग्लेले २००८ सालमा विश्वेश्वरप्रसाद प्रसाद काईराला ,लक्ष्मी प्रसाद देवकाेटा ,गाेविन्द वहादुर मल्ल गाेठाले, विजय मल्ल लगायतकाे अथक प्रयासबाट स्थापित यस संस्थालाई शसक्त ढङ्गबाट अगाडी वनाउनु पर्नेमा जाेड दिनुभयो।
नेपाली लेखक संघ तनहूँका अध्यक्ष शंकरराज नहर्कीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु गाैकुमारी न्याैपाने, मधुमाया  घिमिरे, डा. लक्ष्मीकान्त चापागाई ,चक्रवहादुर अधिकारी, श्यामलाल गोशली, कृष्णहरि गैर्हे, भवानी अधिकारी, संगम सापकाेटा लगायतले आआफ्नाे रचना वाचन गर्नुभएको थियो। संघका सचिव अन्जना तिमल्सेनाले सहजीकरण गरेकाे उक्त कार्यक्रममा प्रदेश प्रतिनिधि विमल गिरी, सदस्य कल्पना आचार्य, अमरराज नहर्की, महेन्द्र राज शर्मालगायतले लेखक संघलाई कसरी अगाडी बढाउने भन्ने बारेमा सुझाबहरु दिएकाे काेषाध्य श्रीकान्त घिमिरेले बताउनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्