व्यास वचत तथा ऋण स.संस्थाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

वि वि श्रेष्ठ । तनहूँ । उद्यमी सदस्य, प्रविधिमैत्री, सशासनयुक्त र सवल वित्तीय सहकारी भन्ने मुल नाराका साथ स्थापना भएको व्यास वचत तथा ऋण सहकारी संस्थाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लेखा समितीका संयोजक राजेश्वर हड्खलेको अध्यक्षतामा भएको सो कार्यक्रममा ०७९ चैत्र मसान्त सम्मको लेखा गतिविधि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिपराज अधिकारीले ०७९ श्रावण देखि चैत्र मसान्त सम्मको आर्थिक अवस्था र संस्थाले गरेको गतिविधिका वारेमा प्रकाश पारेका थिए । जसमा शेयर पुजी हिसाव अन्र्तगत ६ करोड ७४ लाख ७८ हजार ८ सय, साधारण जगेडा हिसाव अन्र्तगत १ करोड ५९ लाख २४ हजार ५ सय १०, अन्य कोषहरुको हिसावमा४८ लाख १४ हजार अठहत्तर, वचत निक्षेप हिसावमा १४ करोड ३५ लाख ६ हजार ६ सय पन्ध्र, भुक्तानी दिनुपर्नेमा ८ लाख १५ हजार दुई सयम छपन्न, व्याज मुल्तवीमा ८३ लाख ५२ हजार सात सय पन्ध्र, ऋण सुरक्षण कोषमा ८७ लाख ७१ हजार छ सय तेईस, आय व्ययमा ८७ लाख ३६ हजार पाँच सय पचार रुपैया रहेको छ ।
यसैगरि आयको अवस्थामा ऋण लगानीवाट प्राप्त आम्दानीमा २ करोड २४ लाख ६२ हजार चार सय वाउन्न, अन्य लगानीवाट प्राप्त आम्दानीमा १३ लाख तीन सय चौवालिस, शेयर लगानीवाट प्राप्त आम्दानीमा ३ लाख ८२ हजार सात सय अन्ठाउन्न, अन्य आम्दानीाम १० लाख ९७ हजार छ सय नव्वे देखिएको छ ।
सम्पति तर्फ नगद मौज्दातमा २ लाख ७८ हजार चार सय सैतिस, वैक हिसावमा २ करोड ७१ लाख ६१ हजार एक सय तीन, लगानीमा रहेको हिसावमा २ करोड ३२ लाख ३६ हजार, सदस्यलाई दिएको ऋण हिसावमा १८ करोड ४२ लाख १५ हजार पाँच सय वत्तिस, स्थिर सम्पति समान हिसावमा १ करोड ३१ लाख ९७ हजार तीन सय अड्सठी, अन्य सम्पतिमा १ करोड ३ लाख ११ हजार सात सय आठ रुपैया रहेको छ ।
यसैगरि खर्च तर्फ वित्तिय लागत व्याजमा ९६ लाख ६३ हजार सात सय वीस, प्रशासनिक खर्चमा २६ लाख ८ हजार तेत्तिस, डुवन्त ऋणको लागी व्यवस्थामा १७ लाख ७४ हजार सात सय पचास, अन्य खर्चमा २४ लाख ६० हजार एक सय त्रियानव्वे रुपैया रहेको छ ।
संस्थाको शेयरसदस्यहरुको रोहवरमा गरिएको लेखा परिक्षण कार्यक्रमममा संस्थाको गतिविधिलाई थप प्रविधियुक्त वनाउन मोवाईल एप र क्यू आर कोडका पनि सार्वजनिक गरिएको थियो । लेखा परिक्षण कार्यक्रमममा शेयर सदस्यहरुले राखेको जिज्ञाशाहरुलाई अध्यक्ष प्रदिपराज अधिकारी, उपाध्यक्ष प्रेम प्रसाद पौडेलले सहजीकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्