कांग्रेसप्रतिको वितृष्णाभन्दा पनि रास्वपाको देश बनाउने हुटहुटीले मलाई आर्कषण गरेको होः मानकाजी श्रेष्ठ

  • ख-
  • ख+

केहि बर्ष यता तनहूँको राजनीतिमा विभिन्न उतार चढावहरु आएका छन् । पंचायतकालदेखि जरो गाँडेर बसेको नेपाली कांग्रेसको गढ भनिने तनहूँमा बेला बखतमा गढ भत्काउने प्रयत्नहरुले मुर्त रुप लएका छन् । २०७४ को निर्वाचनमा कम्युनिष्ट र २०८० को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको गढमा धावा बोलिरहदा नेपाली कांग्रेसमा क्षयिकरण पनि भईरहेको छ त्यहि क्षयिकरणमा पछिल्लो समय समावेश हुनुभएको छ तनहूँको डुम्रेबजार निवासी मानकाजी श्रेष्ठ । मानकाजी श्रेष्ठ तनहूँ क्षेत्र १ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि २०८० बैशाष १० मा भएको उपनिर्वाचनमा खुलेर राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा लाग्नुभयो । रास्वपाको लहर, पुराना दलहरुप्रतिको वितृष्णा, डा. स्वर्णिम वाग्लेको व्यक्तित्व, रवि लामिछानेको क्रेज जे जस्ता कुराहरुको प्रभावले निर्वाचनमा विजयी प्राप्त गरिएको भएपनि मानकाजी जस्ता कयौ व्यक्तिहरुको निर्वाचनमा विजय गराउन महत्वपुर्ण भुमिका रहेको छ । तनहूँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं नेपाली कांग्रेसका पुर्व नेता मानकाजी श्रेष्ठसग नेपाली कांग्रेससग दुरी बढाउनु र रास्वपासगसग सामिप्यताको बारेमा छोटो कुराकानीः

प्रश्नः लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रहेको तपाई पछिल्लो समय किन नेपाली कांग्रेस छोड्नुभयो ?
हेर्नुस् धेरैलाई थाहा नहुन सक्छ म श्रीभद्र शर्मा कांग्रेस हुदाँदेखि , गोर्वद्धन शर्मा कांग्रेस हुदाँदेखि नेपाली कांग्रेसमा आवद्ध र नेपाली कांग्रेसलाई सहयोग गर्ने परिवाररको मान्छे हुँ । तर पार्टीमा बेथिति, अत्याचार, योगदानको कदर नहुदाँ हुदै कति सहेर बस्ने भन्ने प्रश्नले मलाई सधै लखेटिरहन्थ्यो तैपनि पार्टी सधार्न सकिन्छ कि ? जिल्लामा पार्टीको गुमेको शाख फर्काउन सकिन्छ कि भनेर आफ्नो तर्फबाट तन, मन, धन खर्च गरेर लागिरहे तर गुटवन्दीमा रमाएका तनहूँ कांग्रेसका नेताहरुले मेरो योगदानको कुनै मुल्यांकन नै गरेनन् । होला म गुट बनाउन, अरुलाई छिर्के हान्न योग्य छैन होला तर पार्टीको लागि त सल्लाह दिन त सक्छु नि भनेर पार्टीको हितको लागि कुरा गर्दा मैले दिएको सल्लाहलाई विचारै गरिदैन त्यसैले पनि मलाई रास्वपाले मलाई आर्कषण गरेको हो ।

प्रश्नः मुख्य के कुराले यसरी चित्त दुख्यो र बैशाष १० को उपनिर्वाचनमा रास्वपाको पक्षमा लाग्नुभयो ?
मान्छेको मन न हो सानोतिनो कुराले दुखिहाल्छ तैपनि आफुले जिवन सर्मपण गरेको पार्टी हो राम्रो होला भनेर बस्दा बस्दै पार्टी सपार्नेभन्दा आफ्नो र आफ्नो गुट बनाउन लाग्ने मान्छेहरुको हालिमुहाली भएपछि पार्टीप्रति मनभरि माया भएपनि बस्न नसकिदोरहेछ । तनहूँ कांग्रेसको गढ भनेपनि जे भनेपनि सबैलाई थाहा छ तनहूँका २ ठुला नेताहरु रामचन्द्र पौडेल र गोविन्दराज जोशी नमिलेपछि तनहूँ कांग्रेस बिग्रेको हो । २०७४ को निर्वाचनमा पार्टीको शर्मनाक हारपछि एउटा ठुलै कार्यक्रममा पौडेल र जोशीलाई वार्ता गराँऔ । उहाँहरुको मन माझामाझ गर्न परेपनि गराँऔ त्यसपछि तनहूँ कांग्रेस बलियो बन्छ भनेर मन्चबाट भनेको थिए जिल्लाका गुटबन्दीमा रमाउने, पार्टीको होईन आफ्नो दुनो मात्र सोझ्याउनेहरुले मलाई कारवाही गर्ने कुरा गरे त्यो दिनदेखि चित्त दुखेको हो पछिल्लो समय आएर व्यक्त माात्र गरेको हुँ तर मलाई नेपाली कांग्रेसको औधी माया छ ।

प्रश्नः नेपाली कांग्रेसको माया छ पनि भन्नुहुन्छ तर उपनिर्वाचनमा रास्वपाका डा. स्वर्णिम वाग्लेलाई विजयी गराउन खट्नुभयो नि किन ?
अहिलेसम्मको परिस्थिति र काम कारवाही हेर्दा रवि लामिछानेको पार्टीलाई समर्थन नगर्नुको कारण कुनै पनि देखिन मैले । देशको भलो चाहने मान्छे हो भने रास्वपाभन्दा अरु विकल्प नै देखिन मैले । रह्यो कुरा रास्वपाको उमेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थनको कुरा, डा. स्वर्णिम वाग्ले जस्तो मान्छेलाई समर्थन नगर्ने भने कस्तो मान्छेलाई समर्थन गर्ने त कसैले मलाई बताईदिओस् ? हो गोविन्द भट्टराई असल मान्छे हुनुहुन्छ तर के डा. स्वर्णिम वाग्लेलाई मौका नदिएर बस्न सकिन्छ ? के हामीले राजनीतिमा आउन खोज्ने, देशको भलो चाहने डा. स्वर्णिम वाग्ले जस्ता पुस्तालाई भो तिमीहरु आफु सम्पन्न बन्नतिर लाग् देश डुबे डुवोस् भनेर भन्न सकिन्छ ? बर्षौदेखि त्याग, तपस्या र योगदानले सिन्चित पार्टीले दशकौसम्म देश बिगार्ने भन्दा केहि गरेन डा. स्वर्णिम वाग्लेले केहि गर्छन् कि भनेर उनीहरुलाई साथ मात्र दिएको हुँ , अझ तपाई यसो पनि भन्न सक्नुहुन्छ मानकाजी श्रेष्ठलाई आफु , आफ्नो परिवार र पार्टी भन्दा भन्दा बढि देशको माया छ र रास्वपालाई समर्थन गरेको हुँ, डा. स्वर्णिम वाग्लेलाई समर्थन गरेको हो ।

प्रश्नः तपाईले तनहूँका थुप्रै नेताहरु संगत गर्नुभयो, थुप्रै नेताहरुको काम हेर्नुभयो, थुप्रै नेताहरुको नाडि छाम्नुभएको छ ति नेताहरु र डा. स्वर्णिम वाग्लेमा के फरक पाउनुहुन्छ ?
फरक पाउनुहुन्छ भन्दा पनि अघिल्ला जनप्रतिनिधिहरु भन्दा डा. वाग्ले फरक हुनुपर्छ भन्ने मेरो मान्यता छ । अरु जस्तै हुनुभयो भने त तनहूँ १ का जनताले अर्को पटक नाक खुँम्च्याउनेछन् । डा. स्वर्णिम वाग्लेले त्यो दिन आउन उहाँले दिनुहुनेछैन भन्नेमा म विश्वस्त छु । उहाँ स्वदेशदेखि विदेश बुझेको युवा हुनुहुन्छ । तनहूँ १ का जनताको मनको भावना बुझ्न सक्नुपर्छ र पछिल्लो समयमा राष्ट्रिय राजनीति र संसदमा जुन हिसावले उहाँ प्रस्तुत हुनुभएको छ डा. स्वर्णिम वाग्ले तनहूँले गर्व गर्न लायक सांसद हुनुहुनेछ भन्नेमा म विश्वस्त छु । (कुराकानीमा आधारित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्