समन्वयकारी भुमिका निर्वाह गरिदिन व्यासका नगरप्रमुखलाई सटर तथा घर बहाल स्वतन्त्र नागरिक अभियानको आग्रह

  • ख-
  • ख+

तनहूँ । व्यापार व्यवसायमा मर्कामा रहेकोले सटर तथा घर बहाल स्वतन्त्र नागरिक अभियानले सटर तथा घर बहाल सम्बन्धमा व्यास नगरपलिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउनुभएको छ । शुक्रबार स्वतन्त्र नागरिक अभियान नेपाल तनहूँका संयोजक बिष्णु पराजुली र अभियानका सहसंयोजक शिव ढौनियाले ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझाउदै उहाँहरुले कोरोनाको प्रभाव पश्चात व्यापार व्यवसाय गर्नेहरु आर्थिक संकटमा परिरहेको र वजारक्षेत्रका भित्रका व्यापारिक स्थानहरुका सटरहरुको भाडा बुद्धि हुनसक्ने भएकोले समस्या समाधानको लागि पहलकदमी लिन नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको अभियानका संयोजक बिष्णु पराजुलीले जनाकारी दिनुभएको छ । ज्ञापनपत्रमा व्यापरिक केन्द्र तथा घरवहाल क्षेत्रको यकिन गरी भडा मापदण्ड तोकिदिने र भाडा तिर्न नसकेका व्यापरीलाई घरवेटी तथा व्यापारीहरको बिच समन्वय गरी कम्तीमा तिन महिनाको भाडा तिर्न दवाव नदिन पनि आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझाएपश्चात नगरप्रमुखले व्यापारी व्यवसायीहरुको पिर मर्का बुझि समन्वयकारी भुमिका निर्वाह गर्ने विश्वास लिएको संयोजक पराजुलीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्