बाढि पहिरो पिडित सम्पर्क गर्न बन्दिपुर गाउँपालिकाका अध्यक्षको अपिल

  • ख-
  • ख+

साउन २४ । तनहूँ । भारि बर्षासगै गईरहेको बाढि पहिरोलाई मध्यनजर गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाबासीको नाउँमा अपिल गर्नुभएको छ । थापाले ”बर्षाको समय भएकोले बाढि पहिरो गईरहेको हुनाले होशियार रहन र केहि सहयोग आवश्यक परे सम्पर्क गर्न ” अपिल गर्नुभएको छ ।

”आफुहरु प्रकोप प्रभावित क्षेत्रहरुको भ्रमण गरिरहेको भएपनि प्राकृतिक प्रकोप आउने कुनै समय थाहा नहुने भएकोले आवश्यकता भए जुनसुकै बेला पनि मोवाईल नम्बर ९८४६७२३७३९ र ९८१३२३०४६६ मा सम्पर्क गर्न ” अध्यक्ष थापाले आग्रह गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्