दमौली नजिकै कन्टारमा सडक भाँसिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

  • ख-
  • ख+

साउन २४ । तनहूँ । पृथ्वी राजमार्ग दमौली पोखरा सडक खण्डमा सडक भाँसिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । व्यास नगरपालिका वडा नंं ५ कन्टारमा .. दमौली बजार नजिकै निर्माणाधिन रहेको सडक भाँसिन गई सडक अबरुद्ध भएको हो । सडक अवरुद्ध भएको कारण पृथ्वी राजमार्ग भएर यात्रा गर्ने दुई तर्फी सवारी आवागमन बन्द भएको छ । दुईतर्फी आवागमन बन्द भएपश्चात सवारी साधनहरुले तनहूँको कलेस्ति, सत्रसय हुदै लमजुगंको र्दुईपिप्ले, न्यौपानेबेसी, कास्कीको पोल्यागं हुदै तालचोक निस्कने वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् भने सडक बिस्तारमा संलग्न चाईनिज कम्पनीसँग समन्वय गरी भाँसिएको सडक मर्मत गर्ने कार्य भईरहेको र केहि घण्टामा मर्मत कार्य सम्पन्न भईसक्ने जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख वरिष्ठ नायव प्रहरी निरीक्षक राजिव बिष्ट जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्