साउन २४ । तनहूँ । तनहूँको दमौली व्यास नगरपालिका वडा नंं ५ नजिक कन्टारमा भाँसिएको पृथ्वी राजमार्ग एकतर्फि संचालनमा आएको छ । आज करिब १२ः३८ बजेको समयमा पृथ्बीराजमार्गमा सडक भाँसिन गई सडक अबरुद्ध रहेको र दुई तर्फी सवारी साधान आवत जावत बन्द भएपश्चात जिल्ला प्रहरी कार्यालय तनहूँबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली तथा सडक विस्तार गर्ने चाईनिज कम्पनीसँग समन्वय गरि एकतर्फी रुपमा राजमार्ग संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








