तनहूँकी एलिजा ढकालद्धारा नेविसंघको केन्द्रीय समितिमा बस्न अस्विकार

  • ख-
  • ख+

३० साउन । तनहूँ । नेपाल बिद्यार्थी संघकी पुर्व केन्द्रीय सदस्य एलिजा ढकालले साउन २२ गते गठित नेविसंघको केन्द्रीय सदस्यमा बस्न अस्विकार गर्नुभएको छ । ढकालले ”विधान विपरीत मनोनीत हुनु, समावेशी समानुपातिक प्रणाली वेवास्था गर्नु, महिला सहभागिता न्यून हुनु, पहिल्यै ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको हैसियतले सोही पदमा मनोनीत हुनु उचित नलागेर केन्द्रीय समितिमा नरहेको घोषणा गरेको” बताउनुभएको छ ।
गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा भानु नगरपालिका वडा नं. ४ की ढकाललाई पनि केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो ।
ढकाल लगायत अन्य मनोनीतले पनि केन्द्रीय समितिमा बस्न असन्तुष्टि जनाउनुभएको छ । असन्तुष्ट पक्षको विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्नुपर्ने माग रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?