विपिन कार्कीको ‘पशुपति प्रसाद २: भष्मे डन’ को फष्टलुक सार्वजनिक

  • ख-
  • ख+

काठमाडौंँ । फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले सार्वजनिक गरेको फष्टलुक्समा अभिनेत्री स्वस्तिमा खड्का दुर्गामाताको अवतारमा देखिएकी छन् भने विपिन कार्की भष्मे डनको अवतारमा देखिएका छन् ।

फष्टलुक पोष्टरमा अभिनेता सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । कलाकारहरुको लुक्स र गेटअपले फिल्मप्रति दर्शकको चासो बढाउन सक्छ ।

पशुपतिप्रसादको मृत्युपश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म रहेको छ । खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ ।

खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी विशेष भूमिका रहेको फिल्मको एक गीतमा आँचल शर्मा पनि देखिनेछिन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण भएको हो । फिल्म ७ वर्षअघि प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को चरित्र केन्द्रित सिक्वेल हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्