भिमादमा भेटियो पोखरा की ३२ बर्षिय रमा थापाको शव

  • ख-
  • ख+

५ साउन । तनहूँ । तनहूँको भिमाद नगरपालिका वडा नंं ६ सेति नदिमा महिलाको शव भेटिएको छ । पोखरा नगरपालिका वडा नंं ३२ सातमुहाने देरालीकी ३२ की रमा थापाको शव सेति नदिमा भेटिएको हो । केहि समय अगाडिदेखि हराईरहेकी थापाको शव भेटेपछि विभिन्न माध्यमबाट सम्पर्क गर्दा थापाको पहिचान खुलेको र परिवारजन पनि सम्पर्कमा आईसकेको ईलाका प्रहरी कार्यालय बेलचौतारा, दुलैगौडाका प्रहरी निरिक्षक याम अर्यालले जानकारी दिनुभएको छ ।
मृतक थापा केहिदिन अगाडि देखि हराएको र परिवारले प्रहरीमा जरुरी दिएपश्चात खोजतलाश गरिरहेको पनि ईलाका प्रहरी कार्यालय बेलचौतारा, दुलैगौडाका प्रहरी निरिक्षक याम अर्यालले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?