महेशकुमार काफ्ले काठमाडौं महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा नियुक्त

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं। काठमाडौं महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश कुमार काफ्ले नियुक्त हुनुभएको छ ।
सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम काफ्लेलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो। यस अघि सार्वजनिक निजी साझेदारी एकाईमा कार्यरत काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आउनुभएको हो । विभागीय प्रमुखसँगै काफ्लेले रजिष्ट्रारको कार्य जिम्मेवारी पनि सम्हाल्नुहुनेछ ।
बुधबार पदबहाली गर्नुभएका काफ्लेले महानगरपालिकाको तथ्यांक र सूचना प्रविधि व्यवस्थापन, वेभ साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने रहेका छन् ।

नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चार सम्बन्धी अधिकारको प्रयोग गर्न महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औं अधिवेशनबाट पत्रकारिता, प्रकाशन, प्रसारण, पत्रपत्रिका, सूचना, तथ्यांक, अभिलेख व्यवस्थापन र नियमन गर्न स्पष्ट कानुनी व्यवस्थाका लागि ऐन जारी भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्