८ भाद्र । तनहूँ । तनहूँको मानेचौकामा खोलाले बगाएर सुन्दर बजारका १० बर्षिय बालक समर्पण परियारको मृत्यु भएको छ । दिउसो करिब १ः ४५ बजेको समयमा तनहूँको भानु नगरपालिका वडा नं. ११ मानेचौका स्थित पाँउदी खोलामा पौडी खेल्दै गर्दा लम्जुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ६ अरेलुचौरका परियारलाई सोही खोलाले बगाई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । पाँउदी खोलाले करिब ८०० मिटर तल पुर्याउदा परियारको मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








