करेन्ट लागि म्याग्दको मनपागंमा २ महिला घाईते

  • ख-
  • ख+

९ भाद्र । तनहूँ । तनहूँको म्याग्दे गाउँपालिका वडा नं. ६ मनपाङ काल्टेमा करेन्ट लागि २ जना महिला घाईते हुनुभएको छ । उत्तः स्थानबाट हिड्ने क्रममा चुडिएको बिजुलिको तार पानीमा करेन्ट प्रबाह भई उत्तः स्थानकै २५ बर्षिय सुमिना गुरुङ र ५० बर्षिय सिता गैरे घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । घाईतेहरुलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको र उक्त घटना बारे सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्