
११ भाद्र । तनहूँ । व्यास नगरपालिकाको आधिकारिक ग्रुपमा पत्रकार माधब पौडेलको स्टाटस भाईरल भएको छ । नगरपालिकाको आधिकारिक उक्त ग्रुपमा पत्रकार पौडेलले बेला बेलामा आफ्नो पेज र सामाजिक संजालमा लेख्ने गरेको स्टाटस भाईरल भएको हो । पत्रकार पौडेलले लेख्ने स्टाटस र समाचारहरु नगरपालिकाका पदाधिकारी एवं प्रशासनको लागि टाउको दु्ुखाईको बिषय भएकोले पौडेलले लेखेको समाचार, बिचार र स्टाटसको नगरपालिकाको ग्रुपमा सर सल्लाह गरिने गरिएको छ । पौडेलले बिशेष गरि आफ्नो कार्यक्षेत्र र आफ्नो बसोवास रहेको नगरपालिकाका जल्दाबल्दा समस्या उठाउने गरेको कारण पनि उहाँका समाचार र स्टाटस नगरपालिकाको लागि टाउको दुखाईको बिषय भएकोले आफ्नो ग्रुपमा सल्लाह गरिने गरेको नाम बताउने सर्तमा नगरपालिकाका एक जिम्मेवार व्यक्तिले बताउनुभएको छ ।
पत्रकारसग सम्बन्धित कुनै पनि संघहरुको सदस्य नलिनुभएका र कुनै पनि पार्टीमा आवद्ध नहुनुभएका पौडेललाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी आएपछि नगरपालिकाले अघोषितरुपमा कुनै पनि सूचना तथा समाचारहरु उपलब्ध नगराउने नीति लिएको छ । सोहि अनुरुप व्यास नगरपालिकाको आधिकारिक मेल आईडिबाट लगातार रुपमा पठाईने सूचना र समाचार दमौली मिडिया प्रा. लि. व्यास १०, सेवरबाट बाट प्रकाशित सर्वज्योति साप्ताहिक र sarbajyoti.com मा आवद्ध पत्रकार पौडेललाई पठाउन बन्द गरिएको छ । साथै सूचनाको हक अनुसार सूचना लिन जाने कतिपय आम नागरिकलाई कर्मचारीले ”माधब पौडेल भन्नेसग लिनु न उहिसग छ सबै जानकारी” भन्ने गरेको पनि भुक्तभोगी र विश्वस्त श्रोतले बताएको छ । यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीसग बुझ्न कार्यालय जाँदा भेट हुन सकेन भने उहाँको मोवाईल नम्बरमा पनि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । नयाँ प्रशासकिय अधिकृत सुवेदीको आगमनसगै पत्रकारहरुलाई फुटाउने नीति अन्र्तगत एक्ला एक्लै गोप्यरुपमा भेट्ने, ” तपाईलाई के गर्न पर्यो म गर्छु मिलाउन पर्यो” भन्ने, पत्रकारहरुलाई ”तपाईलाई भेटेर सल्लाह गरुँला भनेको ठोकिदिनुभएछ (लेखिदिईहाल्नुभएछ), तपाई त हाम्रो मान्छे बसेर सल्लाह गरौला है” भन्ने गरेको नगरपालिकाको विश्वस्त श्रोतले बताएको छ ।
यसभन्दा अगाडि पनि विभिन्न तनहूँबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले नगरपालिकाका बारेमा सत्यतथ्य समाचार प्रकाशन गर्दा पनि विज्ञापन रकम रोक्का गर्ने, आन्तरिक बैठकमा नामै तोकेर ”फलानो पत्रकारले देखिसहेन’‘ भनेर सरसल्लाह गरिने गरिएको थियो ।
