आफ्नो बारेमा कपोकल्पित, भ्रामक र झुट्टा समाचार फैलाएको सर्वेन्द्र खनालको भनाई

  • ख-
  • ख+

नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले काठमाडौबाट संचालित एक अनलाइनले आफ्नो बारेमा कपोकल्पित, भ्रामक र झुट्टा समाचार प्रकाशन गरेको बताउनुभएको छ । व्यक्तिगत कामको सिलसिलामा अमेरिकामा रहनुभएका खनालले आफ्नो चरित्र हत्या गर्न एउटा अनलाइन लागेको ले अमेरिकाकाट फर्कनासाथ कानुनी उपचारमा लाग्ने वहाँ द्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रेस विज्ञप्ति

काठमाडौँ टुँडे नाम गरेको एउटा अनलाइनले हाल म व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा केही दिनका लागि अमेरिका भ्रमणमा रहेका बेला मेरो चरित्र हत्या गर्दै “६० केजी सुन तस्करी प्रकरण: पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल” शीर्षकमा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण भएकोले त्यसको खण्डन गर्दै उक्त अनलाइनका विरुद्ध कानुनी कारबाहीका लागि अगाडि बढेको म मेरा सबै शुभचिन्तक, पार्टी पङ्तीमा जानकारी गराउन चाहन्छु । भोली सम्ममा यही बाटै प्रेस काउन्सिलमा पनि उजुरी दिने र आवश्यकता अनुसार उक्त अनलाइन लाई कानुनी दायरामा ल्याउन नेपाल फर्कना साथ अघि बढ्ने पनि जानकारी गराउन चाहन्छु ।

मेरो जीवनकालमा, मैले प्रहरी सेवामा प्रवेश गरे देखी प्रहरी महा निरीक्षक बनेर काम गर्दा सम्म कहिल्यै पनि नियम कानुन संविधानको बर्खिलाप हुने गरी कुनै काम गर्दा पनि गरिन र गर्न पनि दिइन । त्यसै कारण गैर कानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेरा विरुद्ध लागि नै रहे । मैले कुनै गैर कानुनी काम गरेको पनि छैन र यदि कहीँ कतै बाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार रहेको बताउँदै काठमाडौँ टुडे जस्ता कथित अनलाइनलाई जथाभाबी नलेख्न, चरित्र हत्या नगर्न चेतावनी दिँदै उक्त समाचारको खण्डन प्रकाशित गर्न अनुरोध गर्दछु । यदि तुरुन्त खण्डन प्रकाशित नभए प्रेस काउन्सिल सहित सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जाने कुरा यसै सार्वजनिक पोस्ट र प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँछु ।”

सर्बेन्द्र खनाल, पूर्व प्रहरी महानिरीक्षक

अगस्त २८, २०२३, हाल अमेरिका

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्