तनहूँमा बालिका बलात्कार आरोप लागेपश्चात फरार प्रधानाध्यापक लम्जुगंमा पक्राउ

  • ख-
  • ख+

१२ भाद्र, तनहूँ। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहूँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।

पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका एसपी अबदेश विष्टले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?