बन्दिपुर पालिकाको पालिकास्तरीय योजनाहरु अब वडा बाटै सम्झौता हुने

  • ख-
  • ख+

१३ भाद्र । तनहूँ । बन्दीपुर गाउँपालिकाले पालिकास्तरबाट संचालन हुने सबै योजनाहरुको सम्झौता वडाबाट नै गर्ने गरि शुरु गरेको छ ।
जनताहरुलाई वडामा परेका योजनाहरुको सम्झौता गर्न पालिकामा आउनुपर्दा समयको वर्वादी हुने भएकोले सबै जनताहरुलाई सहज रहोस भनेर यो कार्यक्रम सुरु गरिएको बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताउनु भयो । स्थानिय सरकारको उद्धेश्य नै जनतालाई सेवा दिनु भएकोले बन्दीपुर गाउँपालिकाले गाउँपालिकास्तरिय योजना वडामा नै सम्झौता गर्न लागेको र यस्ले जनतालाई अपनत्वको भावना बिकास हुने अध्यक्ष थापाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्