क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?

  • ख-
  • ख+

कुनै पनि रोगको प्रमुख कारण खानपान नै हो । किनकि खानपान नमिल्दा पाचन प्रक्रियामा गडबडी हुन्छ र शरीरमा रोग लाग्छ ।

अस्वस्थ खानपान क्यान्सरको पनि कारण बन्न सक्छ । जस्तै मदिरा धेरै सेवन गर्नेलाई मुख, घाँटी र कलेजोको क्यान्सर हुने खतरा हुन्छ भने बोसोयुक्त खानेकुराले आन्द्रामा क्यान्सर हुने जोखिम बढी हुन्छ । आजभोलि प्रायजसो खाना नली र ठूलो आन्द्राको क्यान्सर अत्यधिक मात्रामा देखिन्छ, जुन बोसोयुक्त मासु, तारेको भुटेको, जंकफुड, केमिकल र विषादीयुक्त खानेकुराको दैनिक उपभोग गर्नेलाई देखिन्छ । यसको कुनै अनुसन्धानबाट प्रमाणित भएको छैन ।

क्यान्सर रोगबाट बच्न कस्तो खानपान ?

ताजा खानेकुरा, हरियो सागसब्जी, चुकन्दर, बोक्रासहितको गेडागुडी, झोलिलो खानेकुरा, अण्डा, फलफूल, बोसोरहित मासुसँगै फाइबरयुक्त खानेकुरा खानुपर्छ ।

खान नहुने खानेकुरामा तारेका, भुटेका, अखाद्य रंग राखिएका र प्रिजरभेटिभ हालेका, बट्टा बन्द गरिएका अचार, बासी खानेकुरा, बासोयुक्त मासु, जंकफुड, केमिकल हालेर उत्पादन वा बनाइएका खानेकुरा खानु हुँदैन । यी खानेकुरा क्यान्सर रोगमा मात्र नभई अन्य रोगमा पनि हानिकारक हुन्छ । साथै धुम्रपान, मद्यपान, खैनी, गुट्का, सुर्तीबाट रहनुपर्छ ।

बेसार र लसुन क्यान्सर प्रतिरोधी हुन्छ ?

बेसार र लसुन दैनिक खाँदा क्यान्सरको जोखिम हुने सम्भावना कम हुन्छ । विभिन्न अनुसन्धान अनुसार यो एकदम लाभदायक भएको देखिएको छ । साथै अमेरिकन क्यान्सर सोसाइटी ९एसीएस०मा अनुसन्धान भइरहेको छ । तर लसुन वा बेसारकै कारण क्यान्सर नलागेको भनेर कुनै तथ्य वा अनुन्धान गरिएको छैन ।

बेसारमा ‘कुर्कुमिन’ भन्ने तत्व हुन्छ । जसमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । यसले शरीरमा क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने काम गर्छ । तर बजारमा पाइने धुलो बेसारमा भने कुर्कुमिन तत्व नै निकालिएको हुन्छ । जसले बेसार खाए वा नखाएकोमा केही फरक पर्दैन । त्यसैले सकेसम्म घरमै उत्पादन गरेर त्यसलाई धुलो बनाएर खान सकिन्छ वा कच्चा पदार्थ किनेर धुलो बनाएर खान सकिन्छ । यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । बिहान वा बेलुका आधा(आधा चम्चा गरी वा एकैपटक सानो एक चम्चा दैनिक खानुपर्छ । यो दूध र पानीसँग सेवन गर्न सकिन्छ । तर हरेक दिन तरकारीमा हालेर खाने बेसार मात्राले भने क्यान्सरको जोखिम न्यूनीकरण गर्दैन ।

त्यस्तै लसुनमा पनि एन्टिइन्फल्यामेरी गुण हुन्छ । यसले शरीरमा भएको इन्जाइम्सलाई बढाएर क्यान्सर पैदा गर्ने कार्सिजेनिक तत्व बढ्नबाट रोक्न मद्दत गर्छ । यसमा धेरै मात्रामा जीवाणुनाशक तत्व हुन्छ जसले शरीरलाई संक्रमणबाट बचाउने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

अनुसन्धानअनुसार लसुनको सेवनले खानानली, आन्द्रामा हुने क्यान्सरमा विशेष राहत दिन्छ । त्यसो भन्दैमा अन्य क्यान्सरलाई फाइदा गर्दैन भन्ने होइन । यसले अन्य क्यान्सर पनि उत्तिकै फाइदाजनक हुन्छ ।

लसुन टुक्रा नगरी दिनभरिमा चारदेखि पाँच केस्रा खान सकिन्छ । यो पनि लसुनको साइजअनुसार हुन्छ । सकेसम्म लसुन पोलेर वा पकाएरभन्दा पनि काँचै खाँदा उपयुक्त हुन्छ । यदि सकिंदैन भने केस्रा टुक्रा नगरी सिंगै तरकारीमा हालेर सेवन गर्न सकिन्छ । किनकि लसुनलाई टुक्राउँदा वा पिसेर धुलो पर्दा त्यसमा हुने औषधीय गुण कटौती हुने गर्छ । त्यसैले बजारमा सहजै पाइने धुलो वा पिनेको लसुनभन्दा गोटा नै सेवन गर्नु लाभदायक हुन्छ । जसमा औषधीय गुण हुन्छ ।

(क्यान्सररोग विशेषज्ञ प्रा. डा. विवेक आचार्यसग गरेको कुराकानीमा आधारित डा. वीर अस्पतालका विभागीय प्रमुख हुनुहुन्छ ।)
(अनलाइनखबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्