भाद्र १५ । तनहूँ । भिरबाट लडेर घिरिगंका पदमबहादुर श्रेष्ठको मृत्यु भएको छ । आज बिहान करिब १०ः २० बजेको समयमा तनहूँ जिल्ला घिरिङ गाउँपालिका वडा नं. ३ ग्याजा का ६८ को पदम बहादुर श्रेष्ठ भिरबाट लडेर मृत्युभएको हो । श्रेष्ठ उक्त स्थानमा नै रहेको ग्याजा पैरेनी भिरबाट तल खसेर निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








