प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको संगम क्लबको ताला खोल्ने सहमति कार्यान्वयन भएन

  • ख-
  • ख+

१८ भाद्र । तनहूँ । तनहूँको दमौलीमा रहेको दमौली संगम क्लबको कार्यसमिति र यसका सरोकारवालाहरु विचको लामो समयदेखि देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयको रोहवरमा असन्तुष्ट पक्षले लगाएको ताला खोल्ने सहमति भएपनि हालसम्म ताला खोलिएको छैन । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा छलफलमा गरी दुबै पक्षहरु सहमत भई असन्तुष्ट पक्षले लगाएको ताला खोल्ने साउन २५ गते सर्वसम्मत निर्णय भएको थियो । चौथो हप्ता सकिन लाग्दा पनि निर्णय कार्यान्वयनमा नआउनुलाई कतिपयले चलखेलको आशंका गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्