बेसीशहर नगरपालिका वडा ११ द्धारा टोलटोलमा स्टेचर वितरण

  • ख-
  • ख+

१९ भदौ । लमजुगं । लमजुगंको बेसीशहर नगरपालिका वडा नं. ११ ले वडा भित्रका प्रत्येक टोलमा स्टेचर वितरण गरेको छ । वडाको आर्थिक बर्ष ०८०/०८१ को बजेटबाट १० वटा टोललाई स्टेचर प्रदान गरेको हो । वडा नं. ११ का वडा अध्यक्ष शिव जोशीले एक कार्यक्रमका बीच ११ वटा स्टेचर टोलसुधार समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन् ।

विपद् जतिखेर पनि आउन सक्ने भएकाले प्रतिकार्यका लागि टोलटोलमा स्टेचर प्रदान गरिएको वडाध्यक्ष शिव जोशीले बताउनु भयो । सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पतालसम्म पुर्याउन स्टेचर आवश्यक पर्ने भएकाले वडा कार्यालयले स्टेचर खरीद गरेर वितरण गरेको उहाँले बताउनु भयो ।

आर्थिक बर्ष ०८०/०८१ मा वडाले स्टेचर खरीदका लागि ४५ हजार रुपैयाँ रकम छुटाएको वडाले जनाएको छ । ’जहाँ आवश्यक पर्छ त्यही दिन्छौं,’ उहाँले भन्नु भयो,’ हाम्रो जस्तो भौगोलिक विकट ठाउँमा स्टेचरको आवश्यकता निकै महसुस भएकोले खरिद गरीएको हो ।

वडा अध्यक्ष जोशीले विपद् बाजा बजाएर नआउने, जतिखेर पनि जहाँ पनि विपदका घटना घट्न सक्ने र मानिस बिरामी पर्दा तत्काल स्वास्थ्य संस्था लैजान पनि स्टेचर आवश्यक पर्ने कुराको महसुस गरि स्टेचर वितरण गरेको बताउनु भयो ।
रेडियो मर्स्याङदी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्