डेगींबाट काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

  • ख-
  • ख+

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि रिजालालई ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पाँच दिनअघि अस्पताल भर्ना हुनुभएका रिजालको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापति समेत रहनुभएका रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिनुभएको हो ।
रिजालको शव बिहान ११ बजे राष्ट्रिय सभागृहमा राखिने र उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
उनको निधन भएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल अस्पताल पुग्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?