२१ भाद्र । तनहूँ । आज भएको मोटरसाईकल दुर्घटनामा भिमादकी ३३ बर्षिय कमला रानाको मृत्यु भएको छ । आज करिब ३ः ३० बजेको समयमा तनहूँको म्याग्दे गाउँपालिका वडा नं. ५ थाङदीमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ भिमाद नगरपालिका वडा नं. ४ नरीकोट बस्ने कमला राना गम्भिर घाईते भई जि. पि. कोईराला श्वास प्रश्वाश केन्द्र बेलचौतारामा उपचाररत रहदा निजको मृत्यु भएको हो ।
मृतक राना सवार रहेको मोटरसाइकलका चालक भिमाद ४ नरीकोटका योगेश थापा र उक्त मोटर साईकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका तनहूँ सूना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ । साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका तनहूँ सूना अधिकारी एवं प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभएको छ ।








