कम्प्युटर एसोशियशन महासंघ नेपाल तनहूँको ११ अौं बार्षिक साधारणसभा सम्पन्न

  • ख-
  • ख+

कम्प्युटर एसोसियसन महासंघ (क्यान) नेपाल तनहूँ शाखाको ११ अौ अधिवेशन दमौलीमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय सदस्य तुलसीराम पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले क्यान तनहूँ शाखाले उतकृष्ट काम गरेको कारण गण्डकी प्रदेशमा उस्कृष्ट शाखा बन्न सफल भएको बताउनुभएको थियो । उक्त अवसरमा प्रमुख अतिथि पाण्डेले कम्प्युटर व्यवसायीहरु सानो मन नगरिकन एकजुट भएर लाग्नुपर्ने र क्यान तनहूँलाई सहयोग गर्न आफू व्यक्तिगत रुपका साथै संस्थागतरुपमा सदा तयार रहने पनि बताउनु भएको थियो ।

क्यान तनहूँका अध्यक्ष विश्व प्रकाश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा क्यान तनहूँले कम्प्यूटर ब्यवसायीहरुको क्षमता बृद्वि सम्वन्धी कार्यक्रम गर्ने, तनहूँ माक्यान ईन्फोटेक मेला आयोजना गर्न , आजीवन तथा साधारण सदस्यहरु विस्तार गर्ने, स्थानीय तहहरुसंग सहकार्यमा स्मार्ट सिटीका लागि सहकार्य गर्ने लगायतका भावि कार्यक्रमहरु रहेको जानकारी दिईएको थियो ।

कम्प्युटर एसोसियसन महासंघ नेपाल तनहूँका सचिव सुशील कुमार श्रेष्ठद्वारा संचालित कार्यक्रममा क्यान तनहूँका निर्वतमान अध्यक्ष टिका पनेरु , पुर्व अध्यक्ष इन्द्र बहादुर थापा, पत्रकार मदन तिमल्सेना लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मानुङकोट रिर्सोट प्रा. लि. ब्यास ५ सिर्दी मा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्