बि. पि. हामीले हजुरको सपना पूरा गरेका छौ

  • ख-
  • ख+

बि. पि. हामीले हजुरको सपना पूरा गरेका छौ।
गरिबी हटाउनु भन्दा,
गरिब हटाउन सजिलो हुने रहेछ,
युवालाई देशमा राख्नु भन्दा ,
बिदेश पठाउन राम्रो रहेछ,
खाडिको ५० डिग्री घाममा,
काम गर्न नेपालीहरु खुशी छन,
आँसु झार्दै जान्छन, आकाशमा,
शान्तीको सास फेर्दै आँउछन बाकसमा,
बि. पि. हामीले हजुरको सपना पूरा गरेका छौ।
गुणस्तरीय शिक्षाको कुनै समस्या छैन,
स्टुडेन्ट भिसामा,
अमेरिका, जापान, अस्ट्रेलिया,क्यानडामा,
संसार घुम्ने ब्यवस्था गरेका छौ।
जमीन यहाँ बाँझो छ,
तर चिन्ता मान्नु पर्ने केही छैन,
हाम्रो लागि अन्न फलाउन,
भारतलाई भनेका छौ,
बिष पचाउन सक्ने नेपाली छन,
तरकारी पनि उतै फलाउन भनेका छौ,
बि. पि. हामीले हजुरको सपना पूरा गरेका छौ।
ब्यापार ब्यवसायको के कुरा गर्नु,
नेपाल आज नुन किन्छ तर सुन बेच्छ,
तस्करलाई कजाउन, नेताहरू नै खटाएका छौ।
नेपाली नपुगेको देश नै छैन,
फराकिलो सडक चाहिनेहरुलाई,
गगन चुम्बी महल चाहिनेहरुलाई,
धेरै बिकास चाहनेहरुलाई,
पश्चिम तिरको यात्राको ब्यवस्था मिलाएका छौ,
युवाहरुको कुनै अभाव छैन,
६० बर्ष कटेकालाई युवा हुने ब्यवस्था मिलाएका छौ।
बि. पि. हामीले हजुरको सपना पूरा गरेका छौ।
(बसन्त आले, नेपाली कांग्रेस तनहूँका युवा नेता एवं व्यास नगरपालिका वडा नं. १३ को अध्यक्ष हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?