२५ भाद्र । तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. १ गल्बुवेसीमा रहेको ज्ञानगंगा इन्लिस बोर्डिगं स्कुलकी शिक्षिकाको पिटाईबाट बिद्यार्थी घाईते भएकी छिन् । व्यास १ अम्रेनी घर भएकी ९ बर्षिय बालिका प्रन्जु पौडेल शिक्षिकाको पिटाईबाट घाईते भएको बालिकाका बुबा प्रकाश पौडेलले जानकारी दिनुभएको छ । कक्षा ४ मा अध्ययनरत प्रन्जुको टाउकोमा चोट लागेको र रगत आइरहेको छ । शिक्षिकाको पिटाईबाट घाईते बालिकाको दमौली अस्पतालमा उपचार भईरहेको र समाचार तयार पार्दा टाँका लगाउने काम सकिएको पनि पारिवारिक श्रोतले जानकारी दिएको छ ।
के कसरी र किन बच्चाको टाँउकोमा टाँका लगाउने गरि पिटियो भनेर सोध्नको लागि उक्त विद्यालयका प्रिन्सिपल ऋषि के.सी.लाई मोवाईलमा पटक पटक सम्पर्क गर्दा पनि फोन नउठाएको बालिकाका बुबा प्रकाश पौडेलले बताउनुभएको छ ।










