तनहूँमा डेगीं परिक्षण गर्दा निजी ल्यावले ६ सय रुपैयाभन्दा बढि शुल्क लिन नपाउने

  • ख-
  • ख+

२६ भाद्र । तनहूँ । तनहूँका निजी ल्यावहरुले डेगीं परिक्षणमा बिरामीसग लिन पाउने शु्ल्कमा एकरुपता ल्याउन अधिकतम मुल्य निर्धारण गरिएको छ । तनहूँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले डेगीं परिक्षणाका नाममा चर्को रकम असुल गरिरहेको उजुरीको आधारमा सरोकालावाला निकायका व्यक्तिहरुको उपस्थितिमा उक्त मुल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा बसेको बैठकले डेगीं परिक्षणका लागि आवश्यक पर्ने किटको आवश्यक मुल्य र छिमेकी जिल्लाको अभ्यासलाई मध्यनजर गर्दै डेगीं परिक्षण गर्दा छ सय रुपैयाभन्दा शुल्क लिन नपाउने निर्णय गरिएको छ । बैठकले किटको कृतिम अभाव हुन नदिन, आउदा दिनहरुमा बढि मुल्य लिएको नलिएको बारेमा अनुगमन गर्ने सरोकारवाला कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहे, जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख तथा प्रहरी उपरिक्षक अवदेश विष्ट, दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, दमौली अस्पतालका ल्याव प्रमुख विकास पौडेल, नेशनल एपोलो अस्पतालका अध्यक्ष चुडामणी दाहाल, व्यास डाईगोस्टिक ल्याोरोटरीका अध्यक्ष शुरेस तिमल्सेना, दमौली प्याथ ल्यावका केशव भट्टराई लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्