कमिशन गुम्ने डरले निःशुल्क पाईने स्वास्थ्य सामाग्री लिन दमौली अस्पतालका अध्यक्षद्धारा अस्विकार गरेको आशंका !

  • ख-
  • ख+

२७ भाद्र । तनहूँ । कमिशन गुम्ने डरले दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापाले तनहूँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णिम वाग्लेले उपलब्ध गराउने स्वास्थ्य सामाग्री लिन अस्विकार गरेको खबर बाहिरिएको छ । देशभर डेगींको प्रकोप पश्चात तनहूँमा पनि डेगीं परिक्षणको लागि किटको अभाव हुदै आएकोले डा. वाग्लेको सचिवालयका सदस्यहरुले ५ सय थान किट दमौली अस्पताललाई उपलब्ध गराईदिने र बुझ्न आग्रह गर्दा आफुहरुले त्यो किट नलिने दमौली अस्पतालका अध्यक्ष थापाले बताउनुभएको थियो ।

दमौली बजारमा रहेका निजी ल्यावहरुले डेगीं परिक्षणमा लिने शुल्क अनुगमनमा भेटिनुभएका दमौली अस्पतालका ल्याव प्रमुख विकास पौडेलले ”दैनिक १५० जना जति बिरामी आउनेमा ५० जना त ज्वरोका बिरामी आउने भएकोले डेगीं परिक्षण गर्नुपर्ने हाम्रो कर्तव्य नै हो तर प्रदेशले कहिलेकाहि ५० वटा, कहिले २० वटा किट पठाउने गरेकोले समस्या भएको” बताउनुभएको थियो । साथै ”किट नभएपछि बिरामीलाई बाहिर गएर चेक गराएर रिपोर्ट लिएर आउनुस् भन्नु भन्दा त अस्पतालसग विकल्प नै हुदैन” पौडेलको भनाई छ । स्मरणिय छ दमौलीमा संचालित अस्पताल तथा ल्यावहरुले डेगीं परिक्षण १ हजार रुपैयादेखि ३ हजार रुपैयासम्म असुलेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय तनहूँको अगुवाईमा अनुगमन र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, अस्पताल तथा ल्यावका प्रतिनिधिहरुको बैठकले डेगीं परिक्षणमा ६ सय रुपैयाभन्दा बढि रकम लिन नपाउने मंगलवार निर्णय गरेको छ ।

अस्पतालमा किटको अभाव पश्चात बिरामी बाहिर गएर महगोंमा चेकजाँच गर्न पर्ने बाध्यता हुदाँहुदै पनि अध्यक्ष थापाले निजि अस्पताल र ल्यावहरुसगको मिलोमतोमा निः शुल्क उपलब्ध गराउने ५ सय थान किट नलिनुलाई नीजि अस्पताल तथा ल्यावहरुबाट अध्यक्ष थापाले मोटो रकम हात पारेको धेरैले अनुमान गरेका छन् । यससगै अस्पतालमा समय समयमा विमाका बिरामीले निः शुल्क पाउनुपर्ने औषधी लगायतका अन्य औषधी अभाव, समय समयमा विभिन्न मेसिनहरु बिग्रेको कारण देखाउनु, केमिकल अभावको कारण देखाउदै थाईराईड लगायतका रोगहरु परिक्षणहरु गर्न बिरामीलाई बाहिर पठाउनुलाई पनि धेरैले अध्यक्षले रकममा ठुलै चलखेल गरेको रुपमा अर्थ्याएका छन् । त्यसै बिषयमा दमौलीमा संचालित ल्यावका संचालकसग कुरा गर्दा एकजनाले ”मेरोमा कमिशनको कुरा त आएको थियो पर्सेन्टेजको कुरा मिलेन अहिले अर्कोमा पठाउछन् ” भन्नुभयो उहाँले नाम दिएका ल्यावका संचालकसग कुरा गर्दा ”तपाईले मेरो व्यापार डुवाउनुहुन्छ म बोल्दिन ” भनेपनि नाम गोप्य राख्ने सर्तमा ”हामी व्यापार गर्न बसेका हौ भन्दैमा महंगो लिएर बदनाम हुन किन मन छ र ? तर के गर्नु नेपाल हो कमिशन नदिईकन काम गर्ने गारो छ” भन्नुभएको छ । तथापि जति कर गर्दा पनि उहाँले कमिशन खाने व्यक्तिको नाम नबताउनु आफ्नो बाध्यता भएको बताउनुभयो ।

स्मरणि अध्यक्ष थापा जनता समाजवादी पार्टी (एकिकरण हालको उपेन्द्र यादवको समाजवादी पार्टी) तनहूँको जिल्ला नेता भएको भएको बलमा दमौली अस्पतालको अध्यक्ष भएर आउनुभएको थियो हाल उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा गएपश्चात पनि नैतिकताको आधारमा राजिनामा नदिई उक्त पदमा आसिन भईरहनुभएको छ ।
डा. स्वर्णिम वाग्लेले उपलब्ध गराउने स्वास्थ्य सामाग्री लिईदिन दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालसग सम्पर्क गर्दा डा. बरालले खुशी साथ स्विकार्दै धन्यवाद दिनुभएको छ । सांसद डा. स्वर्णिम वाग्लेका सचिवालय सदस्यहरुद्धारा बुधवार १० बजेको समयमा दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई डेगीं परिक्षणको लागि पाँच सय थान किट हस्तान्तरण गर्नुभएको छ उक्त समयमा दमौली अस्पताल संचालक समितिका अध्यक्ष देवेन्द्र थापा अनुपस्थित हुनुभएको थियो ।

(अध्यक्षले लिन अस्विकार गरेको ५ सय थान डेङ्गीं परिक्षण किट अस्पताल प्रमुख डा. परिवर्तन बराललाई हस्तान्तरण गर्दै डा. वाग्ले सचिवालयका सदस्यहरु)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्