जिल्ला प्रशासन कार्यालय लमजुङको अर्धवार्षिक समिक्षा

  • ख-
  • ख+

२७ भाद्र । बेसीशहर । जिल्ला प्रशासन कार्यालय लमजुङको अर्धवार्षिक समिक्षा भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि अर्धवार्षिक समिक्षा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लमजुङमा आफुले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा भएका कार्यसम्पादनको वारेमा जानकारी गराउनुभएको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा लमजुङमा २०७९ चैत १६ गतेदेखि कार्यभार सम्हानुभएको अधिकारीले जिल्ला प्रशासन कार्यालय मार्फत भएका मुख्य मुख्य सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको हो ।

कार्यलयको सेवाप्रवाह र कार्यसम्पादनलाई व्यवस्थित वनाउने देखि जिल्लाको प्रमुख समस्यालाई मध्यनजर राख्दै समाधानको अधिकतम प्रयास गरेको बताउदै प्रजिअ अधिकारीले जिल्लाको शान्ति सुरक्षा, दैनिक सेवा प्रवाह र कार्यालय व्यवस्थापन सम्वन्धि भएका कामहरु, विपद् व्यवस्थापन र लागू औषध नियन्त्रणका लागि भएका प्रयास र उपलव्धि वारे जानकारी गराउनुभएको थियो ।

उहाँले विकास निर्माण, मुआव्जा वितरणमा गरिएको सहजिकरण उत्पन्न समस्या र समाधानका लागि गरिएको प्रयास अन्य विभिन्न विषयमा भएको काम कारवाहीको बारेमा जानकारी गराउनुभएको थियो । प्रजिअ अधिकारीले शान्ति सुरक्षा अन्तर्गत अन्तर जिल्ला सुरक्षा समन्वय बैठक राखी शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र विपद व्यवस्थापन का सन्दर्भमा आपसमा समन्वय गरिएको बताउनुभयो ।

ससस्त्र प्रहरी वल आश्रित गुल्म रानिकुवाको नाममा जग्गा प्राप्त भएको, बेसीशहर १ देउरालीडाँडाको पहिरोबाट राजमार्गमा हुने अवरोध हटाएर नियमीत यातायात सुचारु गराउन सफल भएको बताउनुभयो । बेसीशहर चामे सडकखण्डको खरखरे पहिरोले उत्पन्न गर्ने अवरोध हटाई सडक सुचारु गराउने काम भइरहेको बताउनुभयो ।

अवैध रुपमा हुने वन्यजन्तुको चोरी पैठारी, जडिवुटी ओसारपोसार लागयतका अपारधिक गतिविधि नियन्त्रण गर्न सिमा नाकाहरुमा सुरक्षा चेकजाँचलाई कडाइ गरिएको अधिकारीले बताउनुभयो । दैनिक सेवा प्रवाह र कार्यालय व्यवस्थापन तर्फ सेवाग्राही सहजताको लागि वहुभाषामा अडियो सामाग्री तयार पारिएको, सुचनाको हकलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिएको, कार्यालयमा गुनासो अधिकारीको व्यवस्था गरि गुनासो पेटिकालाई प्रविधिमैत्री र व्यवस्थित बनाइएको, राष्ट्रिय परिचयपत्र एवं राहदानीको अनलाइन फारम कार्यालयबाटै निशुल्क भरिदिने व्यवस्था गरिएको, कर्मचारीको आन्तरिक मुल्याङ्क गरी प्रत्येक महिना उत्कृष्ट कर्मचारी घोषणा गर्ने गरिएको बताउनुभयो ।

विपद व्यवस्थापन तर्फ विपद पूर्वतयारी प्रतिकार्य योजना पारित गरी कार्यान्वयन गरिएको, मनसुन पूर्वतयारी कार्ययोजना पारित गरि कार्यन्वयन गरिएको बताउनुभयो ।

विकास निर्माण, मुआव्जा वितरण र समस्या समधान तर्फ मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा देखिएका विवादमा सरोकारवाला पक्षबीच छलफल गरि विवाद समाधान गरिएको, जलविद्युत आयोजनाले कम्तिमा १० प्रतिशत पानि नदिमा छोड्नुपर्ने गरि आयोजनाहरुको सहमतिमा निर्णय गरिएको र पीडितलाई उचित मुवाब्जा वितरणमा सहजीकरण गरिएको उल्लेख गरिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका सञ्चारकर्मीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । जिल्लामा सञ्चालित विकास आयोजनाको काम गुणस्तर हुनुपर्ने, गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्नुपर्ने, यातायात व्यवस्थापन र लागुऔषध नियन्त्रणमा उपलव्धि मुल्क काम हुन नसकेकाले यस विषयमा अझि गम्भिर वन्नुपर्ने संचारकर्मीहरुको सुझाव थियो

प्रजिअ अधिकारीले प्राप्त सुझावलाई ग्रहण गरी सोही अनुसार काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पत्रकार भेटघाट कार्याक्रममा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी सहित पदाधिकारी, पूर्व केन्द्रिय सदस्य किसान संगीत नेपाली, पत्रकार नवराज पहाडी लगायतका जिल्लामा क्रियाशील सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

साभारः रेडियो मर्स्याङदी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?