डा. स्वर्णिम वाग्लेको सहयोगमा दमौली अस्पताललाई पाँच सय थान डेगीं परीक्षण कीट सहयोग हस्तान्तरण

  • ख-
  • ख+

२७ भाद्र । तनहूँ । तनहूँ क्षेत्र नम्बर १ का साँसद डा।स्वर्णिम वाग्लेको सहयोगमा तनहूँको दमौली अस्पताललाई पाँच सय थान डेगीं परीक्षण कीट हस्तान्तरण गरिएको छ । दमौली अस्पतालमा किटको अभाव भएर नीजि अस्पताल तथा ल्यावमा डेगीं परिक्षणको लागि मनलाग्दी मुल्य असुल गरिएको जानकारी प्राप्त भएपश्चात तनहूँका प्रमुख जिल्ला अधिकारीका छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले डेगीं परिक्षणामा मुल्य निर्धारण गरेको भोलिपल्ट डा. वाग्लेको सहयोग किट हस्तान्तरण गरिएको हो । कार्यक्रममा रास्वपा तनहूँका नेताहरुले डा. वाग्लेले पठाएको किटले दमौली अस्पतालको सेवामा अझ चुस्तता आउने र आँउदा दिनमा पनि सहकार्य गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
किट बुझ्दै दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले दमौली अस्पताललाई स्तरिय र विश्वसनिय बनाउनका लागि सबैको सरसल्लाह सुझाव र सहयोग आवश्यकता रहेको बताउनुभएको थियो
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकर बाबु अधिकारी, रास्वपा तनहूँका नेताहरु विश्व बास्तोला, सूर्यमणी पौडेल, पदमराज न्यौपाने, मनोज अधिकारी, चुडामणी दाहाल, सुर्यचन्द्र लम्सालको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?