काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा परेका छन् ।

टाइमले शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा राख्दै स्थानीय तह निर्वाचनमा उनले हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरिएको छ ।

शाहले सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको उल्लेख गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 47 Viewed

प्रतिक्रिया दिनुहोस्