
२९ भदौ, तनहूँ । तनहूँका यज्ञ बहादुर राना मगर उच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएको छ । न्यायपरिषदले रानासहित २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । रानासगै तनहूँ जिल्ला अदातलका न्यायाधिश हरिश्चन्द्र ढुगांना पनि न्यायाधिशमा सिफारिस हुनुभएको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उहाँहरुको नाम सिफारिस गरेको छ ।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उहाँहरु न्यायाधीश हुनुहुनेछ ।
