मनोज राज सिवाकोटीको आवाजमा गीतकार सागर उदासको “तिम्रो मेरो पिरतीमा” भिडियो सार्वजनिक(भिडियो सहित)

  • ख-
  • ख+

२९ भाद्र । तनहूँ । “पानीको फोका जस्तै” चर्चित गीतका गायक मनोज राज शिवाकोटीको सुमधुर आवाज अनि बहुआयामिक गीतकार सागर उदासको शब्द सृजनामा रहेको गीत “तिम्रो मेरो पिरतीमा”को भिडियो रिलिज भएको छ । संगीतकार हरि लम्सालद्वारा संगीतवद्व गीतको भिडियोमा कलाकारहरू सुदिप पौडेल, सपना न्यौपाने, बालकृष्ण श्रेष्ठ, सुब्बा बि.क., रामु पौडेल, सितल बि.क., रमेश शर्मा लगायतको अभिनय रहेको छ । पत्रकार पूर्ण बि.क. को निर्देशन रहेको भिडियोको छायांकन तथा सम्पादन सुशान पन्थले गरेका हुन् भने ड्रोन पाइल महेश वाग्ले रहनुभएको छ ।
तनहूँको ऐतिहासिक एवं पर्यटकिय स्थल तनहूँसुरमा छायाङ्गन गरिएको गीतमा जातिय विभेदका घटनाहरुलाई प्रस्तुत गरिएको छ । जातको कारण सुमधुर प्रेम सम्बन्ध वियोगमा परिणत भएको कथावस्तु समेटिएकोे निर्देशक बि.क. बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्